सेभियामाथि डर्टमुन्डको जित

सेभियामाथि डर्टमुन्डको जित


युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले स्पेनिस क्लब सेभियालाई पराजित गरेकाे छ । 

घरेलु टोलीले खेलको सातौं मिनेटमा सुसोको गोलबाट अग्रता लिएको थियो । १९औं मिनेटमा दाहुदले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । २७औं मिनेटमा हालान्डले जोडन सान्चोको पासमा गोल गर्दै डर्टमुन्डलाई २–१ को अग्रता दिलाए ।

४३औं मिनेटमा कप्तान मार्काे रिउसको पासमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि डर्टमुन्डले पहिलो हाफमा ३–१ को अग्रता लिन सफल भयो । खेल सकिन ६ मिनेट बाँकी रहँदा लुक डि जोङले गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।

महत्वपुर्ण अवे जितसँगै डर्टमुन्डले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग डर्टमुन्डको मैदानमा १० मार्चमा हुनेछ ।

Logo