सर्वोच्चको आदेश अनुसार लिखित जवाफ लिएर प्रधानमन्त्री आज अदालत जाँदै

सर्वोच्चको आदेश अनुसार लिखित जवाफ लिएर प्रधानमन्त्री आज अदालत जाँदै


प्रधानमन्त्री केपी ओली आज सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन् । आफूविरुद्ध परेको सर्वोच्चको अवहेलना मुद्दाको जवाफ लिएर प्रधानमन्त्री सर्वोच्च जान लागेका हुन् ।

ओलीले कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लागेको छ ।  माघ १३ गते उनीविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता भएको थियो ।

ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको र बहसलाई तमासा भनेपछि उनीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

Logo