युरोपा लिगमा टोटेनहमको शानदार जित

युरोपा लिगमा टोटेनहमको शानदार जित


युरोपा लिगको राउन्ड अफ ३२ को पहिलो लेगमा इंग्लिस क्लब टोटेनहम हट्स्परले अष्ट्रियन क्लब वल्फ्सवर्गर एसीमाथि सहज जित दर्ता गरेकाे छ । 

बिहीबार राति भएको खेलको १३औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए । उनले ग्यारेथ बेलको पासमा  गोल गरेका हुन् । 

२८औं मिनेटमा बेलले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । ३४औं मिनेटमा लुकास मोउराले गोल गर्दै ३–० को अग्रता दिलाए ।

५५औं मिनेटमा माइकल लिइन्डिलले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ८८औं मिनेटमा कार्लाेस भिनिसियसले  गोल गर्दै टोटेनहमलाई ४–१ को सहज जित दर्ता गराएका हुन् । 

यो महत्वपुर्ण जितसँगै टोटेनहमले प्रि–क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

Logo