पोल्याण्डका राष्ट्रपति डुडालाई कोरोना

पोल्याण्डका राष्ट्रपति डुडालाई कोरोना


पोल्याण्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोरोना सङ्क्रमण पुष्टि भएको उनका प्रवक्ता ब्लाजेज स्पाईचाल्सीले शनिबार जानकारी गराएका छन् ।

स्पाईचाल्स्कीले भने, “राष्ट्रपतिलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ तर उहाँको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ । राष्ट्रपतिको सम्भावित सेवाका लागि चिकित्सकसहितको टोली तयारी अवस्थामा रहेको छ ।”

राष्ट्रपति डुडालाई शुक्रबार साँझ आएको रिपोर्टमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणपछि डुडा र उनको कार्यालयका निकट सम्पर्कमा आएका सबै कर्मचारी क्वारेन्टाइनमा बसेका छन् ।

पोलिस राष्ट्रपति डुडाले सङ्क्रमण पुष्टि हुँदासम्म नियमित कार्यालयमा गई राष्ट्रपतीय जिम्मेवारी सम्हालिरहेका थिए । उनले क्वारेन्टाइनमा बस्नुपूर्व राष्ट्रिय रङ्गशालामा उपस्थित भई त्यहाँ निर्माण भइरहेको कोभिड–१९को अस्थायी अस्पतालको निरीक्षण गरिरहेका थिए ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण पोल्याण्डमा दुई लाख ४१ हजार ९४६ व्यक्तिमा देखिएको छ भने सङ्क्रमितमध्ये चार हजार ३५१ जनाको मृत्यु भएको छ ।

Logo