प्रदेश नं. २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त 

प्रदेश नं. २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त 


राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं. २ को प्रदेश प्रमुखमा रौतहटका राजेश झालाई नियुक्त गरेकी छिन् । 

आज प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै उनले सो पदमा झालाई नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ (उपधारा २) बमोजिम झा लाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयबाट प्राप्त विज्ञप्तिमा जनाइएको छ । 

यस अघि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन् । 

Logo