प्रदेश प्रमुखको बर्खास्त रनियुक्तिप्रति कांग्रेसको आपत्ति

प्रदेश प्रमुखको बर्खास्त रनियुक्तिप्रति कांग्रेसको आपत्ति


नेपाली कांग्रेसले सरकारको सिफारिसमा प्रदेश नम्बर २ काे प्रमुखको बर्खास्ती र नयाँ नियुक्तिप्रति विरोध र भत्सर्ना गरेकाे छ ।

सरकाले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई हटाइ उनको ठाउँममा राजेश झालाई पदस्थापन गरेकै दिन कांग्रेसले विज्ञप्ति निकालेर सोको विरोध गरेको हो । 

मन्त्रिपरिषद् बैठकलले अघिल्लो सरकारको पालामा प्रक्रियाअनुसार गरिएको नियुक्तिलाई बदर गरी २०७६ कात्तिकमा सबै प्रदेशमा प्रदेश प्रमुखको नियुक्ति गरेको थियो । 

सरकार एकातर्फ प्रदेश प्रमुखको गरिमा घटाउँदै जाने कर्म गरेको बताउँदै कांग्रेसले चुनाव घोषणा भएको बेला आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक भएको बताएको छ । 

प्रतिनिधिसभा विघटनपछि कामचलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न नमिल्ने र नपाउने बताउँदै कांग्रेसले यस्ता कार्य अविलम्ब रोक्न चेतावनी दिएकाे छ ।

Logo