बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ


१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा महांकाल गाउँपालिका-४ कालेश्वर खन्तिडाँडास्थित नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गरी बस्ने पर्सा पोखरिया नगरपालिका-८ घर भएका २१ वर्षीय राजकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई विद्यालय पछाडिको जंगलमा बुधबार बिहान बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोन्ज्योसोम र प्रहरी चौकी कालेश्वरबाट खटिएको प्रहरीले राजकुमारलाई पक्राउ गरेको हो ।

Logo