अदालतले गर्ने फैसला स्वीकार्छौं : पुन

अदालतले गर्ने फैसला स्वीकार्छौं : पुन


नेकपा प्रचण्ड-नेपाल समुहका स्थायी समिति सदस्य वर्षमान पुनले सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूले स्वीकार गर्ने बताएका छन् ।
संसद विघटनको विरोधमा नेकपाले आज संखुवासभाकाे खाँदबारीमा गरेको जनसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले संविधानमा उल्लेख नभएको अधिकार प्रयोग गरी असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले अदालतले संसद पुर्नस्थापना गर्ने विश्वास व्यक्त गरे ।

उनले जनयुद्धका घाइते, अपांग र शहीद परिवारको भावनामा नलेख्न सरकारलाई चेतावनी दिए ।‘तीन वर्षमा घाइते, अपांग, शहीद परिवारलाई राहत घोषणा गर्न पटकपटक भनेको थिएँ’, उनले भने, ‘त्यतिबेला सिन्को भाँच्नुभएन, अहिले घाइतेहरूको भावनामाथि खेल्ने प्रयास गरिरहनुभएको छ ।’

उनले भने,-‘न्यायालयले संविधानको अक्षर, भावना र मर्म तथा संविधानसभाको विधायकी मनसायअनुसार फैसला गनर्छ भन्ने हाम्रो विश्वास छ । न्यायालयले गर्ने फैसला हामी स्वीकार गर्छौं ।’

Skip This
Logo