नेपालमा आज २ हजार २२५ संक्रमित थपिए, २ हजार ८४६ जना निको भए

नेपालमा आज २ हजार २२५ संक्रमित थपिए, २ हजार ८४६ जना निको भए


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । आज २ हजार २२५ जना थपिएका छन् ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ८४६ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ । आज मात्र १३ जनाको मृत्यु भएको छ ।

आजको पिसिआर परीक्षण १३ हजार ८४६ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १३ लाख ८० हजार ८६२ रहेको छ । आज ४६ हजार ५७ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo