फरार अभियुक्तलाई गुटमा भित्र्याउने ? : भीम रावल

फरार अभियुक्तलाई गुटमा भित्र्याउने ? : भीम रावल


प्रधानमन्त्री केपी शर्मा ओली निरंकुशताको बाटोमा तल्लीन रहेको प्रचण्ड–नेपाल समूह नेकपाका नेता भीम रावलले बताएका छन् । 

रावलले ट्वीट गर्दै फरार अभियुक्तलाई गुटमा भित्र्याउनुका साथै आफै कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश २ का प्रमुखलाई हटाउनुबाट ओली निरंकुशताको बाटोमा तल्लीन रहेको पुष्टि भएको बताएका हुन् । 

 उनले भनेका छन् – ‘प्रधानमन्त्री पदमा रहेर आमसभाबाट सर्वोच्च अदालतलाई धम्क्याउनु, फरार अपराधीहरूलाई गुटमा भित्र्याउनु, राजनीतिको अपराधिकरण गर्नु र आफै कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश नं २ का प्रमुखलाई हटाउनुबाट केपी शर्मा ओली निरंकुश,स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि हुन्छ ।’

Logo