बाबुराम भट्टराईले दिल्ली पुगेर भने, ‘उपचारका लागि विदेशतिर लाग्नु पर्दा लज्जित र दुःखित छु’

बाबुराम भट्टराईले दिल्ली पुगेर भने, ‘उपचारका लागि विदेशतिर लाग्नु पर्दा लज्जित र दुःखित छु’


ट्युमरको आशंका गरिएसँगै थप उपचारका लागि चारत पुगेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले उपचारका लागि भारत जानु पर्दा आफू लज्जित र दुःखित भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भट्टराईले २१ औं शताब्दीमा समेत शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो भन्ने पत्ता लगाउन विदेशतिर लाग्नु पर्दा लज्जित र दु:खित भएको बताएका हुन् ।

भट्टराईले लेखेका छन् ,'मेरो स्वास्थ्य लाभको कामना गर्नु हुने सबै साथीहरू ! अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिॅदै गर्दा अत्यन्त लज्जित र दुःखित छु । २१ औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु ! सामान्य नागरिकको के होला ?'

 

Logo