बार्सिलोना बराबरीमा रोकियो

बार्सिलोना बराबरीमा रोकियो


स्पेनिस ला लिगामा बार्सिलोनाले काडिजसँग बराबरी खेल्दै अंक बाडेकाे छ । गएराति सम्पन्न खेलमा बार्सिलोना र काडिजले १-१ गोलको बराबरी गरेका हुन् । 

खेलको अन्त्यतिर सम्हालिन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हाे । निर्धारित समय सकिन १ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीलाई क्याडिजका एलेक्स फर्नान्डेजले गोलमा परिणत गरेपछि खेल बराबरीमा टुंगिएको थियो । 

खेलको ३२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएकाे थियो । खेलको ८९ औं मिनेटमा काडिजका एलेक्स फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।

बराबरीपछि तेस्रो स्थानको बार्सिलोनाको ४७ अंक पुगेको छ । एट्लेटिकोको ५५ र रियलको ५२ अंक छ । १४ औं स्थानको काडिजको २५ अंक छ । बार्सिलोनाले रियलभन्दा १ खेल कम खेलेको छ ।

Logo