‘भेदभाव र असमानता अन्त्य नभएसम्म सङ्घर्ष जारी रहन्छ’ : अध्यक्ष यादव

‘भेदभाव र असमानता अन्त्य नभएसम्म सङ्घर्ष जारी रहन्छ’ : अध्यक्ष यादव


जनता समाजवादी पार्टीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले मुलुकमा जारी भेद्भाव र असमानता अन्त्य नभएसम्म सङ्घर्ष जारी रहने बताएका छन् । 

जमिअत उलमाए नेपालद्वारा साेमबार जनकपुरमा आयोजित मुस्लिम समुदायको समस्या तथा समाधान विषयक अन्तरक्रिया र उपेन्द्र यादवद्वारा लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ नामक पुस्तकको उर्दू संस्करणको विमोचन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।  

अध्यक्ष यादवले मुलुकमा ठूलठूला राजनीतिक परिवर्तन भए पनि शासकीय मानसिकता, प्रशासकीय नजरिया र प्रशासनिक शक्तिमा परिवर्तन हुन नसकेको कारण भेदभाव र असमानता यथावत रहेको उल्लेख गरे। 

सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायलाई शिक्षामा जोड दिँदै अशिक्षाकै कारण मुस्लिम समुदाय गरिबी र असमानताको सिकार भएको उल्लेख गरे। मुस्लिम समुदायलाई मुलुकको मूलधारमा ल्याउनु आजको आवश्यकता रहेको उल्लेख गर्दै उनले प्रदेश सरकार त्यसै दिशामा अघि बढेको स्पष्ट पारे। 

असगर अली देवानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, साहित्यकार रामभरोस कापडी लगायतका वक्ताहरुले आआफ्ना धारणा प्रकट गरेका थिए ।

Logo