संसद् विघटनको मुद्दा फैसलाको चरणमा, फैसला कुनै पनि दिन आउन सक्ने

संसद् विघटनको मुद्दा फैसलाको चरणमा, फैसला कुनै पनि दिन आउन सक्ने


प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दै आज (मंगलवार)को लागि पेशीमा रहेको छ । चौतर्फी फैसलाको प्रतीक्षा भइरहेका बेला सुनुवाइको सम्पूर्ण प्रक्रिया सकेर सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको थियो । 

गएको शुक्रबार बहस सकिएको थियो । सोमबारसम्म दुवै पक्ष र एमिकस क्युरीका कानून व्यवसायीलाई बहस नोट पेस गर्ने समय दिइएको थियो ।  सो समय सकिएसँगै मंगलबार (फागनु ११ गते) देखि मुद्दा हेर्दा हेर्दैमा गएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसको निर्णय मिति नतोकिएको भए पनि ११ गतेपछि जहिलेसुकै फैसला हुन सक्ने बताएका छन् । प्रधानन्यायाधीशले शुक्रबार भनेका थिए, ‘३२–३३ दिन बहस भयो। बहसको फैसला तोकिएको छैन। तर ११ गतेपछि जहिलेसुकै फैसला हुन सक्छ।’

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभा विघटनको सिफारिस गरेका थिए। सिफारिसको केही घन्टामै राष्ट्रपति भण्डारीले अनुमोदन गरेकी थिइन्। 

Logo