२६ हजार ३१० अमेरिकी डलरसहित एक बेलायती नागरिक पक्राउ

२६ हजार ३१० अमेरिकी डलरसहित एक बेलायती नागरिक पक्राउ


लुकाइछिपाइ अवैधरुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २६ हजार ३१० अमेरिकी डलरसहित एक जना बेलायती नागरिकलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । 

कतार एअरवेजको उडानद्वारा काठमाडौँबाट दोहा हुँदै लण्डन जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१ वर्षीय नेल वीलिम ग्रिनउडलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान कक्षमा झोला जाँच गर्दा लुकाइ राखेको अवस्थामा अमेरिकी डलर फेला परेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ । 

मानव बेचबिखनमा संलग्न अभियुक्त पक्राउ

मानव बेचबिखन कार्यमा संलग्न अभियुक्त काठमाडौँ चक्रपथ डेरा गरी बस्ने मोरङ कटहरी गाउँपालिका–४ का ३५ वर्षीय रामकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई फकाइ प्रलोभनमा पारी श्रीलङ्का पुर्याउने कार्यमा संलग्न रहेका चौधरीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले चाबहिलबाट पक्राउ गरेको हो । चौधरीउपर जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

Logo