ट्रेलर रिलिजकै दिन मनाइन झर्नाले आफ्नो जन्मदिन (भिडियोमा)

सम्भवत फिल्म उद्योगकै लागि यो दुलर्भ संयोग मान्नुपर्छ, आमाले जुन फिल्म खेलेर नेम र फेम पाइन्, छोरी त्यही फिल्मको अर्को शृंखलाबाट अभिनेत्री बन्दैछिन् ।

यस्तो संयोग जु¥यो, अभिनेत्री झरना थापा र सुहाना थापाको हकमा । ‘ए मेरो हजुर’ मा झरना थापा हिरोइन बनिरहँदा सुहानाले सायद फिल्म बुझेकै थिइनन् । उक्त फिल्म शिव रेग्मीले निर्देशन गरेका थिए भने निर्माता थिए, सुनिलकुमार थापा ।

निर्माता सुनिलकुमार थापा र नायिका झरना थापा नेपाली चलचित्र क्षेत्रको चर्चित जोडी हुन् । अर्थात उनीहरु पति–पत्नी हुन् । उनीहरुको एकमात्र छोरी सुहाना थापा ए मेरो हजुर–३ बाट डेब्यु गर्दैछिन् ।

ए मेरो हजुरको ट्रेलर रिलिज भएकै दिन झर्ना थापाको जन्मदिन परेको थियो । सोहि अवसरमा उपस्थित कलाकारहरुले उनलाई जन्मदिनको शुभकामना दिँदै केक काटेर खुसियाली साटासाट गरेका थिए । बाँकि भिडियोमा ।

ट्रेलर रिलिजकै दिन मनाइन झर्नाले आफ्नो जन्मदिन (भिडियोमा)