‘प्रचण्ड-माधव नेतृत्वमा सरकार गठन हुनु र ‘गोरु ब्याएर बिगौती खान खोज्नु’ उस्तै हो’ : सूर्य थापा

‘प्रचण्ड-माधव नेतृत्वमा सरकार गठन हुनु र ‘गोरु ब्याएर बिगौती खान खोज्नु’ उस्तै हो’ : सूर्य थापा


प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड माधव नेतृत्वमा सरकार गठन असम्भव भएको बताएका छन् । आज सामाजिक संजाल फेसबुकमा एक व्यंग्यात्मक स्टाटस लेख्दै थापाले यस्तो बताएका हुन् । 

थापाले प्रचण्ड माधव नेतृत्वमा सरकार गठन हुनु र ‘गोरु ब्याएर बिगौती खान खोज्नु’ उस्तै हुने टिप्पणी पनि गरेका छन् ।

थापाले फेसबुकमा लेखेका छन् , ‘पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रित्व) मा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, अर्थात् असम्भव नै छ । यो गोरू ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो । कान्तिपुरी नगरी परिक्रमाले देखाएको । अरू हेर्दै जाऔं ।’

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै नयाँ सरकार गठनको चर्चा शुरू भएको छ । यसै प्रसंगमा प्रचण्ड र नेपालले विभिन्न राजनीतिक दलहरुसँग छलफल तिब्र बनाएका छन् । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेको यो समूहले आज जसपा नेताहरुसँग भेट गरेको छ । 

थापाको भनाइ यसै विषयमा केन्द्रीत छ । 

Logo