#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32784982993802760661424184566
नेपाल706144591828951866

पाँच जिल्लाका सिडिओ फेरिए

काठमाडौं

गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवा गरेको छ । उपसचिवको दरबन्दी भएका चार र सहसचिवको दरबन्दी भएको एक जिल्लामा सिडिओको हेरफेर भएको हो ।

गृह मन्त्रालयका अनुसार लमजुङमा मन्त्रालयबाट डा डिजन भट्टराईलाई पठाइएको छ । लमजुङका सिडिओ झंक ढकालको गृह मन्त्रालयमा सरुवा भएको छ ।

त्यस्तै खोटाङमा अध्यागमन विभागमा कार्यरत विष्णुहरी उपाध्याय, ओखलढुंगामा गणेश आचार्य र हुम्लामा ढोलकराज ढकाललाई सरुवा गरिएको छ । त्यस्तै सहसचिव यज्ञराज बोहरालाई कैलालीको सिडिओमा सरुवा भएको छ । उनी कर्णाली प्रदेशमा कार्यरत थिए ।
नयाँ पत्रिकाबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार