घर घरमा फूलपाती भित्र्याइयोदेखि प्रधानमन्त्रीको दशैं शुभकामनासम्म (भिडियो)

घर घरमा फूलपाती भित्र्याइयोदेखि प्रधानमन्त्रीको दशैं शुभकामनासम्म (भिडियो)


काठमाडौं ।

केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्ये हिन्दू धर्मालम्बीहरूको महान् पर्व बडा दशैँको आज सप्तमी तिथी नवदूर्गाका ९ वटा रूपहरू मध्ये कालरात्रिको पूजा आराधना गरि मनाईएको छ । आश्विन शुक्ल सप्तमीको आजको दिनलाई फूलपाती पनि भनिन्छ । आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइएको छ ।

सप्तमीको अवसर पारी प्रधानमन्त्री केपी शर्मा ओलीले दशैँको शुभकामना व्यक्त गरेका छन् । तर सामाजिक संजालमा शुभकामना सहितको तस्विर बाहिरिएसँगै प्रधानमन्त्री र उक्त तस्विरमा प्रयोग गरिएको नेपालको नक्शामाथि सामाजिक संजाल प्रयोगकर्ताहरु खनिएका छन् ।

बैंकहरुले डिजिटल कारोबारमा दिदै आएका सबै सुविधाहरु सुरक्षाको दृष्टिकोणले अन्तर्राष्ट्रिय स्तरको भएको बताएका छन् । तर ह्याकरहरुबाट ठगिनुमा बैंकको मात्र नभई ग्राहक स्वयंको पनि कमजोरी हुने भएकोले आफुले लिएका कुनै पनि बैंकिङ सुविधाको युजरनेम, पासवर्ड कुनैपनि माध्यमबाट कुनैपनि व्यक्तिलाई नदिन बैंकर्सहरुले सुझाएका छन् ।

चाडपर्वका बेला अन्य समयभन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् प्रवाहमा अनियमित हुन नदिन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले निर्देशन दिएका छन् । त्यस्तै प्राधिकरणको उत्पादन, प्रसारण वा वितरणमध्ये कुनै पनि प्रणालीमा समस्या आए तत्काल समाधान गर्न २४ सै घण्टा ‘रेस्पोन्स’ टोली तयारी अवस्थामा राख्न मन्त्री पुनले आग्रह गरेका छन् ।

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलमा आज साविक विजेता मुम्बई र साविक उपविजेता चेन्नई भिड्दैछन् । नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुने यस खेल निकै चेन्नईको लागि निकै महत्वपूर्ण रहेको छ । पुछारमा रहेको चेन्नईलाई प्ले अफको सम्भावना कायम राख्न समेत जित्नै पर्ने दबाब रहेको छ । भिडियो :

Logo