न्यायाधीश धम्क्याउँदै ईश्वर पोखरेल

न्यायाधीश धम्क्याउँदै ईश्वर पोखरेल


उपप्रधानमन्त्री एंव नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरुलाई धम्क्याएका छन् ।

अदालतले भन्दा ठूलो फैसला दिने न्ययाधीश जनता भएकाले आफूहरुले जनताले गर्ने फैसलाको प्रतिक्षामा रहेको बताउँदै उनले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको टिप्पणी गरेका छन् ।

‘सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश सार्वोच्चका न्यायाधीशहरु होइनन् र हुन सक्दैनन्’, सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन्’, उनले भने, ‘हामीले भनेका छौं, तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दै थियो, त्यही दुर्भाग्यतिर जानका लागि प्रेरित गरेको छ ।’

ओली समूहको विद्यार्थी संगठन अनेरास्ववियुको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदि ने बताएका थिए । नागरिक दैनिकबाट

Logo