कोभिड-१९ : २४ घण्टामा विश्वभर ९ हजार ३३६ जनाको मृत्यु

कोभिड-१९ : २४ घण्टामा विश्वभर ९ हजार ३३६ जनाको मृत्यु


कोरोना महामारीका कारण विश्वभर पछिल्लो २४ घण्टामा ९ हजार ३३६ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या २५ लाख २८ हजार ३६ पुगेको छ ।

सोही अवधिमा ३ लाख ८२ हजारभन्दा धेरै संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ८ करोड ९५ लाख १९ हजार ५२३ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मात्रै थप ४ लाख १८ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या ११ करोड ३९ लाख ६१ हजार ४०५ पुगेको छ ।

हाल विश्वभरका आइसोलेसन तथा वारेन्टाइनमा रहेका सक्रिय संक्रिमतको संख्या २ करोड १९ लाख १३ हजार ८०६ रहेको छ । जसमध्ये ९१ हजार ४१८ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाको चपेटामा परेको अमेरिकामा हालसम्म पाँच लाख २२ हजार ८५२ जनाको मृत्यु भइसकेको छ । यस्तै, ब्राजिलमा २ लाख ५२ हजार ९८८ जना, भारतमा १ लाख ५६ हजार ९७० जना, रूसमा ८५ हजार ३०४ जना, बेलायतमा १ लाख २२ हजार ४०५ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ जना पुगेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार २७७ पुगेको छ । कूल मृत्यु हुनेको संक्रमितको संख्या २ हजार ७७१ पुगेको छ । नेपालमा हालसम्म २१ लाख ५७ हजार ५८० जनाको पीसीआर परीक्षण गरिएको छ । 

Skip This
Logo