युरोपको पर्वत विस्फोट हुँदा झलमलाएको रात्रि आकाशः तस्बिरसहित

युरोपको पर्वत विस्फोट हुँदा झलमलाएको रात्रि आकाशः तस्बिरसहित


एट्ना पर्वत फेरि विस्फोट भएको छ र ज्वालामुखीले त्यहाँको आकाश झल्झलाकार भएको थियो।

यो साताको सुरुमा विस्फोट सुरु भएको थियो र त्यसयता एट्ना पर्वतमा सुन्तला रङ्गको ज्वाला र धुँवाको मुस्लो त्यहाँको आकाशमा दखिएको छ।

एट्ना युरोपको एकदमै सक्रिय ज्‍वालामुखी पर्वत हो । यहाँ तुलनात्मक रुपमा धेरै विस्फोट भइरहन्छ। पछिल्लोपटक सन् १९९२ मा त्यहाँ ठूलो विस्फोट भएको थियो। यो पर्वतमा हुने विस्फोटहरूले बिरलै क्षति गराएका छन् र अधिकारीहरू यो विस्फोटनलाई पनि अनौठो मान्दैनन्।

एट्ना पर्वत नजिकैको सहर क्याटनियास्थित न्याश्नल इन्स्टिट्युट फर जियोफिजिक्स एण्ड भोल्क्यानोलोजीका प्रमुखले इटलीको समाचार संस्था एजीआइलाई यो साताको सुरुमा भनेका थिए । उनले भने, “हामीले यो भन्दा नराम्रो देखेका छौँ।”

 

तस्बीर/समाचारः बीबीसीबाट

Skip This
Logo