#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1591523950211143351353151
नेपाल9081

डाक्टर श्रीमानबाट कुटिएकी श्रीमतीको उपचारको क्रममा मृत्यु

काठमाडौं । डाक्टर श्रीमानबाट निर्घात कुटिएकी सुनिता यादवको मृत्यु भएको छ । नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवको कुटपिटबाट गम्भीर घाइते भएकी श्रीमती सुनिताको उपचारको क्रममा मृत्यु भएको हो ।

डा. यादवले जेठी श्रीमती सुनितालाई मरासन्न हुनेगरी कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते सुनिताको वीरगन्जस्थित गण्डक अस्पतालमा उपचार भईरहेको थियो ।

थप उपचारको लागि उनलाई काठमाडौं ल्याईएको थियो । उपचारको क्रममा टिचिङ अस्पतालमा निधन भएको महिला अभियानता सावित्री सुवेदीले जानकारी दिईन् ।

लामो समयदेखि घरमा श्रीमानबाट यातना तथा हिंसा सहदैं आएकी सुनितालाई माईतिको सहयोगमा अस्पताल भर्ना गरिएको थियो । प्रहरी हिरासतमा रहेका डा. सचितानन्दले श्रीमती घरमा आफैं लडेर घाइते भएको बयान दिएका थिए ।

गत बुधबार राति डा. यादवले वीरगञ्ज महानगरपालिका वडा २० स्थित हरपतगञ्जमा सुनितालाई निर्घात कुटपिट गरेका थिए । त्यसको जानकारी माइती पक्षले बिहीबार मात्रै पाएका थिए ।

लगतै अचेत अवस्थामा उद्धार गरेर उपचारका लागि गण्डक अस्पतालमा पुर्‍याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि काठमाडौं ल्याईएको थियो ।

१७र१८ वर्ष अघि बिहे गरेकी जेठी श्रीमतीबाट सन्तान नभएपछि यादवले केहि वर्षअघि दोस्रो विवाह गरेका थिए । माइती पक्षका अनुसार बहुविवाह गरेपछि जेठी श्रीमतीलाई राम्रोसँग पालन पोषण गर्ने लिखित प्रतिबद्धता जनाएका थिए । तर, सम्बन्ध राम्रो हुन सकेन । घर छोडेर जान दबाव दिँदैको माईतिपक्षको भनाई छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार