आज ५ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज ५ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुन आज ५ सयले घटेको हो ।

गत हप्ता आइतबार ८९ हजारमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार ९० हजार १ सयमा कारोबार भएको थियो भने बुधबार ८९ हजार ८ सयमा कारोबार भएको थियो । विहिबार ८९ हजार ३ सयमा कारोबार भएको सुन आज ८८ हजार ८ सयमा कारोबार भएको थियो ।

आज छापावाल सुन ८८ हजार ३ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ८७ हजार ८५० मा कारोबार भइरहेको छ ।

चाँदीको मूल्यमा भने आज प्रतितोला १० रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

Logo