आईपीएलमा आज मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स भिड्दै

आईपीएलमा आज मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स भिड्दै


यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज मुम्बई इन्डियन्स र साविक चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

साविक विजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।

सारजाहमा मुम्बई आफ्नो दशौँ र चेन्नई ११औं खेलका लागि मैदान उत्रने छन् । मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

सारजाह क्रिकेट मैदानमा मुम्बई सातौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ६ जितसहित १२ अंक जोडेर मुम्बई तेस्रो स्थानमा रहेको छ ।

चेन्नईलाई यस खेल निकै महत्वपूर्ण रहेको छ । पुछारमा रहेको चेन्नईलाई प्ले अफको सम्भावना कायम राख्नसमेत जित्नै पर्ने दबाब रहेको छ । चेन्नईलाई यस खेल गर या मरको स्थितिमा हुनेछ ।

चेन्नईले मुम्बईविरुद्ध धोनीसँगै शेन वाट्सन, फाप डु प्लेसिस, साम करण, केदार जाधब, पियुस चावला, लुंगी एनजिडी, रबिन्द्र जडेजा जस्ता खेलाडीलाई मैदान उतार्ने छ ।

Skip This
Logo