ताप्लेजुङको दोभान बजारमा लागेको आगलागी अझै नियन्त्रणबाहिर, उद्धार जारी (फाेटाेफिचर)

ताप्लेजुङको दोभान बजारमा लागेको आगलागी अझै नियन्त्रणबाहिर, उद्धार जारी (फाेटाेफिचर)


ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ स्थित दोभान बजारमा मंगलबार विहानदेखि लागेको आगो अझै नियन्त्रण बाहिर छ । यहाँ अहिलेसम्म ५० भन्दा वढी घर आगोले नष्ट गरिसकेको छ ।

आगलागी नियन्त्रणका लागि स्थानियवासी र सूरक्षाकर्मीहरुले प्रयास गरिरहेका भएपनि अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । 

स्थानिय भोला पौडेलको घरबाट विद्युत् चुहिएर आगलागी शुरुभएको स्थानीय गणेश कार्कीले जानकारी दिएका छन् । आगो नियन्त्रणभन्दा बाहिर गएपछि केही घर भत्काएर अग्निरेखा बनाइएको छ । 

बिहान आगलागीको खबर पाए लगत्तै ताप्लेजुङ जिल्लाको दमकल आगलागी क्षेत्रमा पुगेको थियो । थप दमकल आवश्यक परेकाले छिमेकी जिल्ला पाँचथरदेखि पनि दमकल मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालनरसिंह राणाले जानकारी दिए ।

याे पनि

ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ३५ घर जलेर नष्ट, नियन्त्रणका लागि अग्नि रेखा बनाइँदै

तस्वीरहरु : रासस र सामाजिक संजाल
 

Logo