मंगलबार ५९.७० अंकले घट्यो नेप्से

मंगलबार ५९.७० अंकले घट्यो नेप्से


नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ५९.७० अंकले घटेको छ । सोमबार ४० अंकले बढेको नेप्से मंगलबार ५९.७० अंकले घटेर २४५५.३३ बिन्दुमा रोकिएको छ । 

पछिल्लो समय बढेर २६४१ बिन्दुसम्म पुगेको नेप्से परिसूचक अहिले ओरालो लाग्न थालेको छ । 

मंगलबार २०८ वटा कम्पनीको १ करोड ३१ लाख ६ हजार कित्ता शेयर ६४ हजार ७८७ पटक खरिद बिक्री हुँदा ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

मंगलबार व्यापार र होटल तथा पर्यटन समूह बढेको छ । यस्तै अन्य समूहको उपसूचक ओरालो लागेको छ । 

साल्ट ट्रेडिङ र चन्द्रागिरी हिल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा व्यापार समूह २७८.४९ र होटल तथा टुरिजम समूह १६.८६ अंकले बढेको छ। 

Logo