कान्तिपुरले फुटसल लिग प्रत्यक्ष प्रशारण गर्ने

कान्तिपुरले फुटसल लिग प्रत्यक्ष प्रशारण गर्ने


‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिता कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । फुटसल लिगको व्यवस्थापन कम्पनि टर्नपाईक इभेन्ट प्रालिले बुधबार प्रत्यक्ष प्रशारण अधिकार र डिजिटल प्रत्यक्ष प्रशारण अधिकारका लागि कान्तिपुर टेलिभिजन र ई–कान्तिपुर डटकमसँग सम्झौता गरेको छ ।

सम्झौतासँगै प्रतियोगिताको सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजन र कान्तिपुर अन्तर्गत रहेका डिजिटल माध्यमबाट प्रत्यक्ष प्रशारण हुनेछ । फुटसलको ‘ए’ डिभिजन लिग जेठ १ देखि २२ सम्म पोखराको बहुद्देश्यीय कभर्डहलमा संचालन हुनेछ ।

लिगका विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउनेछन् । यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउनेछन् । एन्फाले सहभागी हरेक टिमलाई १ लाख उपलब्ध गराउने छन् । प्रतियोगिताबाट नेपालको राष्ट्रिय फुटसल टोली चयन हुनेछ ।

Logo