बिहिबार एकैदिन ९० अंकले बढ्याे नेप्से

बिहिबार एकैदिन ९० अंकले बढ्याे नेप्से


दुई दिन लगाताररुपमा ८० अंकले घटेको शेयर बजार बिहिबार ९० अंकले बढेको छ ।

मंगलबार र बुधबार शेयर बजारमा गिरावट आएर २ हजार ४०० विन्दुको लाइनमा पुगेको थियो । तर आज एकैदिन ९० अंकले बढेर २ हजार ५०६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज २ कम्पनीको मूल्य घटेको छ भने दुई कम्पनीकै मूल्य स्थिर रहेको छ । यी चार कम्पनी बाहेक अरु सबै कम्पनीहरुको मूल्य बढेको छ । पछिल्ला केही दिन यता लगातार घटेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को शेयर मूल्य आज भने १० प्रतिशतले बढेर सर्किट ब्रेक नै लागेको छ । त्यस्तै निफ्रा लगायत किसान लघुवित्त, सूर्योदय लघुवित्त, लिबर्टी इनर्जी, चन्द्रागिरी हिल्स, इन्फिनिटी लघुवित्त, हिमालयन पावर पार्टनर, श्री इन्भेष्टमेन्ट, नेश्नल हाइड्रो, निर्धन उत्थान लघुवित्त र नेरुडे लघुवित्तको शेयर मूल्य बढेर सर्किट लागेको छ ।

आज सबैभन्दा बढी रकम कारोबार पनि निफ्राकै भएको छ । निफ्राको आज मात्रै ५३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । निफ्राको मात्रै बिहीबार कुल १० लाख कित्ता हाराहारीमा शेयर किनबेच भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको २४ करोड, नबिल बैंकको २० करोड, नेपाल टेलिकमको १९ करोड र नेपाल लाइफको १८ करोड रुपैयाँ सम्मको शेयर किनबेच भएको छ । 

आज एक लाख ६६ हजार कित्ता शेयर ६ अर्ब रुपैयाँभन्दा बढीमा किनबेच भएको छ । 

Logo