नेपालमा आज १२० जनामा कोरोना संक्रमण पुष्टि, कति जना निको भए ?

नेपालमा आज १२० जनामा कोरोना संक्रमण पुष्टि, कति जना निको भए ?


नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६०८ जना पुगेको छ । आज १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ८३२ जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ७६६ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कूल मृत्यु हुने संक्रमितको संख्या ३ हजार १० पुगेको छ ।

नेपालमा हालसम्म २१ लाख ८५ हजार १९० जनाको पीसीआर परीक्षण गरिएको छ । आज ६ हजार १४३ जनाको परीक्षण गरिएको छ ।

Logo