कांग्रेसले सोध्यो, ‘विप्लवसँगको हतियार पनि खोलाले बगायो की ?’

कांग्रेसले सोध्यो, ‘विप्लवसँगको हतियार पनि खोलाले बगायो की ?’


नेपाली कांग्रेसले सरकार र नेकपा विप्लव समूहबीचको वार्ता र सहमति सकारात्मक भएपनि हिंसात्मक राजनीति गर्दै आएको विप्लवसँग भएका हतियार कहाँ गयो भन्दै प्रश्न गरेको छ । 

प्रवक्ता विश्वप्रकाश शर्माले आज सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै यस्तो प्रश्न गरेका हुन् । 

'प्रचण्ड आउँदा खोलाले बगायो, थोरै हतियार, विप्लव आउँदा पुरै ? राज्यलाई हतियार बुझाउने चौथो बुंदा खोइ ?'

शर्माले भनेका छन्  'सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ । सहमतिलाई स्वागत । ०२८ मा केपि-सिपि, ०५२ मा प्रचण्ड-बाबुराम, अहिले विप्लव-प्रकाण्ड । रेड बुक, नाम र काम उस्तै, परिणाम उस्तै ।'

शर्माले अब नेपालमा कम्युनिस्ट आन्दोलनका नाममा नागरिक मर्दैनन् भन्ने बेला भएन र भन्दै अर्को पनि प्रश्न गरेका छन् । उनले भने, 'नेपालको पुरै कम्युनिस्ट आन्दोलनलाई आजको मितिमा केवल एक प्रश्न, कम्युनिस्ट दर्शनका नाममा कोही नेपाली अब मारिने छैनन्, साझा उद्घोष गर्ने बेला भएन कमरेडहरु ?'

सरकार र विप्लव समूहबीच आज सहमति पत्रमा हस्ताक्षर भएपछि कांग्रेसले यस्तो प्रतिक्रिया दिएको हो ।

Skip This
Logo