जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु चार घाइते

जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु चार घाइते


दार्चुलामा जिप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।

शैल्यशिखर नगरपालिका–८ अमतोलीबाट लेकम गाउँपालिका–४ रिठाचौपातातर्फ जाँदै गरेको ग. ३ च १६९३ नम्बरको को जिप दुर्घटना शनिबार साँझ दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । 

प्रहरीका अनुसार जिप लेकम गाउँपालिका–६ स्थित उचकोट भन्ने स्थानमा कच्ची सडकखण्डमा दुर्घटना भएकाे हाे । 

प्रदेश प्रहरी कार्यालयका अनुसार जिपमा सवार–७ जनामध्ये ३ जनाको घटनास्थलमा मृत्यु भएको र ४ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा जिपचालक चालक ३८ वर्षीय करन नाथ, शैल्यशिखर नगरपालिका–८ की ७० वर्षीया सुनादेवी पन्त र सोही ठाउँका ४० वर्षीय पदमराज पन्त छन् ।

घाइते हुनेमा शैल्यशिखर नगरपालिका–८ का ७२ वर्षीय बुद्धि बल्लभ पन्त, पदम राज पन्तका छोराहरु वर्ष १२ का मुकेश पन्त र ७ वर्षीय वसन्त पन्त र ७० वर्षीय  गंगादेवी पन्त छन्।

Skip This
Logo