दोहोरो सुविधा नलिने प्रमुख आयुक्त राईको स्वघोषणा

दोहोरो सुविधा नलिने प्रमुख आयुक्त राईको स्वघोषणा


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने बताएका छन् । प्रमुख आयुक्त राईले यही फागुनदेखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा लिने तर नेपाल सरकारको सचिवको हैसियतले पाउने निवृत्तीभरण नलिने स्वघोषणा गरेका हुन् । 

पूर्वसचिव राई गत माघ २१ गते प्रमुख आयुक्त पदमा नियुक्त भएका हुन् । उनले यही फागुनदेखि दोहोरो सुविधा नलिने स्वघोषणा गरेका हुन् । निवृत्तीभरण व्यवस्थापन कार्यालयलाई समेत सो विषयमा जानकारी गराइसकिएको छ ।

प्रमुख आयुक्त राईले गर्नुभएको उक्त स्वघोषणाको गरी दिएको सक्कलै निवेदन आवश्यक कार्यार्थ पठाइएको आयोगले जनाएको छ । 

Logo