समयमै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन शिक्षामन्त्रीको निर्देशन

समयमै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन शिक्षामन्त्रीको निर्देशन


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले समयमै पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पुर्‍याउन निर्देशन दिएका छन् । 

मंगलबार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्रले विद्यार्थीलाई समयमा पुस्तक दिन नसकेको आलोचना धेरै आउने भन्दै अब त्यस्तो गुनासो आफूले सुन्न नचाहेको बताए । कुनै पनि हालतमा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव हुन नदिने गरी पुस्तकको प्रकाशन गर्न उनले निर्देशन दिए । त्यस्तै पहिले दुर्गम ठाउँहरुमा पुर्‍याउन पनि उनको निर्देशन छ । 

अब नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने भन्दै मन्त्री श्रेष्ठले कक्षा १ देखि १२ सम्मको पुस्तक प्रकाशन गर्नुपर्ने बताए । त्यसैगरी जनक शिक्षा सामाग्री केन्द्र निर्वाचनको लागि मतपत्र छाप्न पनि तयारी अवस्थामा रहनुपर्ने उनले बताए । कुनै पनि बेला मतपत्र छाप्ने निर्देशन आउने भन्दै उनले त्यसको लागि तयारी रहन आग्रह गरेका हुन् ।  

Logo