नेपालमा आज ५९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज ५९ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ जना पुगेको छ । आज ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ८७० जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ९८७ पुगेको छ। 

पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। हालसम्म कूल मृत्यु हुने संक्रमितको संख्या ३ हजार १२ पुगेको छ ।

नेपालमा हालसम्म २१ लाख ९९ हजार ९५० जनाको पीसीआर परीक्षण गरिएको छ । 

Logo