#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31113280963293743683522713152
नेपाल641224111747846233

प्रधानमन्त्रीसँग किन गरे सातै मुख्यमन्त्रीले सामुहिक भेट ? (भिडियोमा)

प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्य मन्त्रीहरुसँग सामूहिक भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सामूहिक भेट गरी आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमका विषयमा केन्द्रित भएर छलफल गरेका हुन् ।

छलफलमा मुख्यमन्त्रीहरुले आगामी आर्थिक वर्षमा प्रदेश सरकारलाई कम्तिमा ३३ प्रतिशत बजेटको व्यवस्था गर्न माग गरेका थिए । चालू आर्थिक वर्षको बजेट न्यून भएकाले त्यसलाई बढाएर आगामी आर्थिक वर्षमा कम्तिमा पनि ३३ प्रतिशत पु¥याउन प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए । प्रदेश सरकारका मुख्यमन्त्रीहरुले चालू आर्थिक वर्षको बजेट न्यून देखिएको भन्दै संघीय सरकारको आलोचना गर्दै आएका थिए ।

त्यसैगरी मुख्यमन्त्रीहरुले अन्तर प्रदेश समन्वय परिषद बैठकले जारी गरेको २९ बुँदे सहमति कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउका थिए ।

अन्तर प्रदेश समन्वय परिषदले जारी गरेको २९ बूँदे सहमति कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए ।

छलफलमा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमका विषयमा विस्तृत छलफल गर्न आगामी बैशाख १२ र १३ गते राष्ट्रिय समन्वय परिषदको बैठक बोलाउने योजना तय गरिएको पनि मुख्य मन्त्रीहरुलाई जानकारी गराए ।

प्रधानमन्त्री ओलीले प्रदेश २ को बारा र पर्सामा आएको आँधि हुरी प्रभावित क्षेत्रको आवास निर्माणका लागि पनि सबै प्रदेशलाई सहयोग गर्न आग्रह गरेका थिए । उनले आँधिहुरी पीडित पक्षको आवास निर्माणलगायतका राहतका विषयमा पनि प्रधानमन्त्री ओलीले आफूहरुसँग चासो र चिन्ता व्यक्त गरेको पनि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताए ।

संघीय सरकारले आँधि हुरी प्रभावित क्षेत्रमा आवास निर्माणको काम गरिदिने घोषणा गरी सकेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार