बोर्डद्वारा चाडपर्व फोटो प्रतियोगिताका उत्कृष्ट पाँच फोटोहरु चयन

बोर्डद्वारा चाडपर्व फोटो प्रतियोगिताका उत्कृष्ट पाँच फोटोहरु चयन


चाडपर्वको समयमा बिगतका दिनहरुमा जस्तो आत्मियहरुसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र केही सृजनशीलता समृश्रण गराई चाडपर्वको रौनक अनूभुत गराउने उद्देश्यका साथ नेपाल पर्यटन बोर्डले आयोजना गरेको फोटो प्रतियोगिताबाट उत्कृष्ट पाँच सहभागी छनोट गरेको छ । 

प्रतियोगितामा नेपालको कुनै पनि चाड वा गतिविधि वा  केही पनि सान्दर्भिक तस्बिरहरु बोर्डको फोटो अभियानको साइटमा पठाउन आह्वान गरिएको थियो । 

कूल प्राप्त ६८७ फोटोहरु मध्येबाट मिथुन कुवँर, अमन शाही, उमेश स्थापित, रोबिक उपाध्याय र शाम्दे शेर्पाले खिचेका फोटोहरुलाई नेपाल पर्यटन बोर्डले उत्कृष्ट पाँचमा छनोट गरेको छ ।

विजेता फोटोग्राफरहरुले जनही दश हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले ‘फोटोग्राफरहरुको उत्साहजनक सहभागिताले नेपाली चाडपर्वको विराटतालाई अनुभूत गराई फोटोमार्फत देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई अझ बृहत बनाएको बताए ।

नेपाल पर्यटन बोर्डले पाँच वर्षअघि देखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटो नेपाल फोटो प्रदर्शनी गर्दै आएको थियो । 

Logo