भोलि सार्वजनिक विदा

सरकारले भोलि (चैत्र २२ गते) शुक्रबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको छ । सरकारले घोडेजात्राको अवसरमा काठमाडौँ उपत्यकामा मात्र सार्बजनिक विदा दिएको हो ।

सरकारले घोडेजात्रा, गाईजात्रा, इन्द्र जात्रा र मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिन काठमाडौँ उपत्यकामा मात्र लागु हुने गरि सार्वजनिक विदा दिने गरेको छ  । प्रत्येक वर्ष चैत कृष्ण औंसीको दिन उपत्यकामा घोडे जात्रा मनाईने गरिएको छ  । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ ।

परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ ।ललितपुरको पाटनमा एक्लो घोडा दगुराएर घोडेजात्रा मनाइन्छ ।