लिभरपुल क्वाटरफाइनलमा

लिभरपुल क्वाटरफाइनलमा


इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइप्जिगलाई पराजित गर्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

घरेलु मैदान एनफिल्ड बुधबार राति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा २–० को तथा समग्रमा ४–० को जित निकाल्दै लिभरपुलले अन्तिम आठमा स्थान बनाएकाे हाे ।

प्रतिस्पर्धात्मक बनेको खेलको ७०औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई १–० ले अघि बढाए । उनले डिएगो जोटाको पासमा गोल गरेका थिए ।

७४औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।  यो जितसँगै अन्तमि ८ मा स्थान बनाएकाे हाे । 

Logo