आईपीएलमा आज सन्दीप र रसिद खानको भिडन्त

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दीप लामिछाने संलग्न रहेको दिल्ली क्यापिटल्सले आज सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । फिरोज शाह कोट्ला रंगशालामा नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा दिल्लीले आफ्नै मैदानमा हैदरावादसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

हैदरावादलाई पराजित गरे दिल्ली लिगको शीर्ष स्थानमा उक्लिनेछ । दिल्लीले चार खेलबाट दुई खेलमा हार र दुई खेलमा जित हात पार्दै चार अंक बटुलेको छ । दिल्ली अहिले लिगको पाँचौ स्थानमा छ । यता, हैदरावाद भने लिगको तेस्रो स्थानमा छ । हैदरावादले पनि दिल्लीलाई पराजित गरे शीर्ष स्थानमा उक्लिने छ ।

आजको खेलमा पनि सन्दीपले बलिङ गर्नेछन् । उनको भेट आईसीसी विश्व वरियताका नम्बर एक वलर अफगानिस्तानका रसिद खानसँग हुनेछ । आज दुवै जनाले एक अर्काको टिमविरुद्ध बलिङ गर्नेछन् ।

यो प्रतियोगितामा रसिद भन्दा पनि सन्दीप अब्बल देखिएका छन् । जारी आईपीएलमा सन्दीपले दुई खेलबाट तीन विकेट लिएका छन् । यता रसिद भने गएको सिजनमा जस्तो चल्न सकेका छैनन् । रसिदले तीन खेलबाट दुई विकेट मात्र लिएका छन् । सन्दीप आज पनि प्लेइङ इलाभेनमा परेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार