जसपा मुसा दौडमा छैन है : बाबुराम भट्टराई

जसपा मुसा दौडमा छैन है : बाबुराम भट्टराई


जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले जसपा मुसा दौडमा नभएको बताएका छन्।

समाजिक सञ्जाल ट्वीटरमा उनले देश संकटमा परेका बेला नेताहरूको भूमिका अपेक्षित स्तरको नभएको लेखेका छन् । आत्मसमीक्षा गर्दै अग्रगामी निकास दिने बेला आएको भन्दै भट्टराईले म्युजिकल चेयरको खेलमा आफूहरू नरहेको ट्वीट गरेका हुन् । 

‘देश यति गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है। अदालतको कृपाले अलिअलि लाज बचेको बेला उही म्युजिकल चेयरको खेलमा लाग्नु सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त। जसपा त्यो मुसादौडमा छैन है,’ भट्टराईले लेखेका छन् । 

बिहीबार जसपा नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्तामा समेत अरू नेताहरू जाँदा भट्टराई बालुवाटार गएका थिएनन्।

देश यति गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है!अदालतको कृपाले अलिअळि लाज बचेको बेला पुन:उही म्युजीकल चेयरको खेलमा लाग्नुसट्टा समस्याका संरचनात्मक कारण खोतल्ने,आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त!जसपा त्यो मुसादौडमा छैन है!

— Baburam Bhattarai (@brb1954) March 11, 2021

Logo