सावित्री कञ्चनजङ्गाद्वारा महाशिवरात्रिमा भक्तजनलाई अगरबत्ती निःशुल्क वितरण

सावित्री कञ्चनजङ्गाद्वारा महाशिवरात्रिमा भक्तजनलाई अगरबत्ती निःशुल्क वितरण


हरेक वर्षझैँ यस वर्ष पनि महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगेका भक्तजनहरुलाई सावित्री कञ्चनजङ्गा उद्योगले निःशुल्क अगरबत्ती वितरण गरेको छ । 

स्थापना कालदेखि नै महाशिवरात्रिमा आफ्नो कम्पनीले उत्पादन गरेका अगरबत्तीहरु निःशुल्क वितरण गर्दै आएको सावित्री कञ्चनजङ्गाले यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिएको हो ।

मन्दिरभित्र पस्नका लागि खोलिएका मुख्य तीन द्वार बागेश्वरी, गुहेश्वरी र तिलगंगामा स्टल राखी त्यहाँबाट स्याम्पलिङ धूप वितरण गरिएको हो । 

अगरवत्तीसँगै तिर्खाएका भक्तजनको प्यास मेटाउन पानी र गर्मीबाट बच्नका लागि क्याप पनि वितरण गरिएको कञ्चनजङ्गा अगरबत्तीका व्यवस्थापक पुस्कर केसीले बताए । दिनभरमा १५ हजारको हाराहारीमा भक्तजनहरुलाई पूजाको लागि धूप वितरण गरिएको कम्पनिको तथ्यांक छ । 

त्यस्तै, कञ्चनजङ्गाले पशुपति क्षेत्र विकास कोषको अनुमति लिएर बागेश्वरी तिलगंगामा महान पर्व शिवरात्री २०७७ को अवसरमा भ्रमण गर्ने सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा हार्दिक धन्यबाद व्यक्त गर्दछौँ लेखिएको प्रवेशद्धारा समेत निर्माण गरेको छ ।

हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइने गरिन्छ ।

पुराणहरूमा कालरात्रि, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार प्रमुख रात्रीको महत्व वर्णन गरिएको छ । यी मध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रि विशेष महत्वकासाथ मनाउने गरिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला 

Logo