कांग्रेस र जसपाबीच मिलेर जाने विषयमा छलफल

कांग्रेस र जसपाबीच मिलेर जाने विषयमा छलफल


नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालका नेताहरुबीच मिलेर जाने विषयमा छलफल भएको छ। 

शुक्रबार देउवा निवास बुढानिलकण्ठमा नेपाली कांग्रेस र जसपाका शिर्ष नेताहरु बीच आगामी दिनमा सहकार्यको विषयमा छलफल भएको हो। छलफल भए पनि ठोस निष्कर्ष ननिस्किएको नेताहरुले बताएका छन् । छलफलका क्रममा जसपा नेताहरुले जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ तथा मुद्धा फिर्ता, नागरिकताको समस्या समाधान लगायतका आफ्ना एजेण्डाहरु प्रस्तुत गरेको जसपा, नेपालका अध्यक्ष महन्थ ठाकुरले बताए। कुनै सहमति नभएको र बृहत छलफलको आवश्यकता रहेको ठाकुरको भनाइ छ । 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जसपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अग्रसरता लिनुपर्ने बताएको र कांग्रेस, माओवादी र जसपाको गठबन्धन बनाउनु उचित हुने धारणा आएको जानकारी दिए। 

प्रवक्ता शर्माले नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा पनि ओली सरकारको विकल्पतर्फ अग्रसरता लिने बारे छलफल भएको पनि बताए। 

Logo