लभ स्टेशनको प्रिमियरमा प्रदीप र जसिताको क्रेज (भिडियोमा)

नायक प्रदिप खड्का तथा नायिका जशिता गुरुङ अभिनित चलचित्र लभ स्टेशनको आज प्रिमियर भएको छ । कमलपोखरीस्थित कुमारी हलमा भएको प्रिमियरमा लभ स्टेशनका टीमसहित अन्य कलाकारहरु उपस्थित रहेका थिए ।

फिल्म हेर्न आउने मध्ये अधिकांश युवायुवती नै थिए । कार्यक्रममा उपस्थित अधिकांश दर्शकहरु नायक प्रदिप खड्का र नायिका जशिता गुरुंंगसँग फोटो खिच्न र खिचाउनमै ब्यस्त देखिन्थे ।

कार्यक्रममै उनीहरुलाई उनका फ्यानहरुले गिफ्ट समेत प्रदान गरेका थिए । कार्यक्रममा फ्यानहरुले उनीहरुलाई फोटो खिच्न, खिचाउन र घेरेर राखेका थिए । चलचित्र हेर्न पुगेका फ्यानहरुलाई हामीले समग्रमा फिल्मको बारेमा सोध्दा उनीहरुको प्रतिक्रिया यस्तो थियो ।

लभ स्टेशनको प्रिमियरमा प्रदीप र जसिताको क्रेज (भिडियोमा)