साताकाे पहिलाे दिन आइतबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आज सुन प्रतितोला ४ सयले बढेको हो ।
अघिल्लो साता लगातार उतारचढाव भएको सुनको मूल्य आज ६ सय रुपैंयाले बढ्दा छापावाला सुन प्रतितोला ८६ हजार ६ सय मूल्य निर्धारण भएको छ।
यस्तै तेजाबी सुन आजका लागि ८६ हजार १५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ। चाँदी तोलामा एक हजार २७० मा कारोबार भइरहेको छ।
प्रतिक्रिया