व्यापारघाटामा उल्लेख्य सुधार

व्यापारघाटामा उल्लेख्य सुधार


काठमाडौं ।

चालु आर्थिक वर्ष २०७७/७८ को दुई महिना (भदौ) मा वस्तु व्यापारघाटामा सुधार आएको छ । यस्तो घाटामा २४.९ प्रतिशतले कमी आई १ खर्ब ५८ अर्ब ४० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३.१ प्रतिशतले ह्रास आएको थियो । यस अवधिमा अवधिमा निर्यात–आयात अनुपात ११.४ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा कुल वस्तु आयात २२.१ प्रतिशतले घटेर १७८ अर्ब ८५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.२ प्रतिशतले घटेको थियो । त्यस्तै, यस अवधिमा निर्यात साढे १० प्रतिशतले बढेर २० खर्ब ४४ करोड पुगेको छ । अघिल्लो बर्ष करिब २६ प्रतिशतले निर्यात बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, ४०.१ प्रतिशत र २३.६ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपूर्जा, खाने तेल, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, अन्य मेसिनरी तथा पार्टपूर्जा, तयारी पोशाक, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।

Logo