कति छ आज सुनचाँदीको मूल्य ?

कति छ आज सुनचाँदीको मूल्य ?


साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । आइतबार सुन प्रतितोला ४ सयले बढेको थियो। सोमबार पनि सोही मूल्यमा कारोबार भएको सुनको मूल्यमा आज पनि हेरफेर भएको छैन ।

सुनको मूल्य अघिल्लो साता लगातार उतारचढाव भएको थियो । आज छापावाला सुन प्रतितोला ८६ हजार ६ सय मूल्य निर्धारण भएको छ।

यस्तै तेजाबी सुन आजका लागि ८६ हजार १५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ। चाँदी तोलामा एक हजार २८० मा कारोबार भइरहेको छ। 

Logo