त्रिदेशीय फूटबल प्रतियोगिता: पहिलो खेलमा नेपाल र किर्गिस्तान भिड्दै

त्रिदेशीय फूटबल प्रतियोगिता: पहिलो खेलमा नेपाल र किर्गिस्तान भिड्दै


अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सावर्जनिक गरेको छ । एन्फाले मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

दशरथ रंगशालामा हुने प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म हुनेछ। एन्फाले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ।

नेपाल र किर्गिस्तानबीचको खेल मार्च २५ गते हुनेछ। किर्गिस्तानको यू–२३ टिम हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्नेछन्। उद्घाटन खेल २३ मार्चमा हुनेछ। यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ। नेपाल र बंगलादेशबीचको खेल २७ मार्चमा हुनेछ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा कुल ४ खेल हुनेछ। विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेल रद्ध हुने बित्तिकै एन्फाले अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता गर्न लागेको हो। 

Logo