नेपाल सुपर लिगको बन्द प्रशिक्षणका ३२ खेलाडीलाई ‘ए’ श्रेणी

नेपाल सुपर लिगको बन्द प्रशिक्षणका ३२ खेलाडीलाई ‘ए’ श्रेणी


नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’का लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीलाई ‘ए’ श्रेणीमा राखिएको छ ।

प्रतियोगितामा प्राविधिक सहयोग गरिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभर रहेका खेलाडीको वर्गीकरण गरी आयोजकलाई नाम सिफारिस गरेको हो । एन्फाले प्रतियोगिताको अक्सनका लागि ए, बी र सी गरि तीन श्रेणीमा खेलाडीलाई राखेको छ ।

यस अघि नै एनएसएलले १२ मार्की खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । सूचीमा रहेका दुई खेलाडी बिक्री भईसकेका छन् । राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राई धनगढीको मार्की खेलाडी रहनेछन् । अर्का मिडफिल्डर तथा विंगर अन्जन विष्टलाई ललितपुर सिटी एफसीले मार्की खेलाडीको रुपमा अनुबन्धन गरेको छ । यस्तै एन्फाले सहभागी टोलीको लागि प्रशिक्षक समेत चयन गरेको छ । एन्फाले १२ ए लाईसेन्स प्राप्त प्रशिक्षकको नाम आयोजकलाई पठाएको छ । 

पहिलोपटक नेपालमा आयोजना हुन लागेको प्रतियोगितामा ७ शहरलाई फ्रेन्चाइज गरिएको छ । धनगढी एफसी, विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले एनएसएल खेल्ने छन् ।

सहभागी क्लबले ‘ए’ श्रेणीका ३२ खेलाडीलाई करिब २ लाखको न्यूनतम मूल्यमा किन्न सक्ने छन् ।

ए श्रेणीका खेलाडी नामावली:

गोलरक्षक: किरण कुमार लिम्बु विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु, विशाल सुनार, 

डिफेन्डर: विराज महर्जन, अजित भण्डारी, दिनेश राजबंशी, रन्जित धिमाल, निशान खड्का, सुरज बिक, पाल्साङ लामा, छिरिङ गुरुङ, विकाश खवास, अनन्त तामाङ

मिडफिल्डर: विशाल राई, तेज तामाङ, सुनिल बल, हेमन्त थापा मगर, रवि पासवान, त्रिदेभ गुरुङ, संजोक राई, सुजल श्रेष्ठ, अन्जन विष्ट, सन्तोष तामाङ, एरिक बिष्ट

ट्राइकर: भरत खवास, अभिषेक रिजाल, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, आशिष लामा, दर्शन गुरुङ, अभिषेक रिजाल

Logo