कारोबारको अन्त्यमा झिनो अंकले बढ्यो नेप्से

कारोबारको अन्त्यमा झिनो अंकले बढ्यो नेप्से


साताको तेस्रो दिन मंगलबार सेयर बजार कारोबारको अन्त्य समयमा आएर झिनो अंकले नेप्से बढेको छ। आज नेप्से परिससूचक २.५६ अंकले बढेर २ हजार ३ सय ९१.७४ विन्दुमा कारोबार बन्द भएको छ। गत आइतबार नेप्से परिसुचक ५१ अंकले र सोमबार दोहोरो अंकले शेयर बजार ओरालो लागेको थियो।

कारोबारको अन्तिम समयमा आएर नेप्सेका होटल तथा पर्यटन, बैंकिङ, जीवन बीमा, फाइनान्स लगायतका समूहमा रहेका कम्पनीको मुल्य बढेको छ।

आज  ९० लाख १२ हजार ८५२ कित्ता सेयर कारोबार हुदाँ ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ रुपैयाँमा कारोबार भएको छ। १०९ वटा कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ८५ वटा कम्पनीको सेयर मूल्यमा ओरोलो लागेको छ भने २१ वटा कम्पनीको सेयर मूल्य स्थिर छ।

आज सबैभन्दा बढी कमाउने चन्द्रागिरी हिल्स, जोशी हाइड्रो, घलेम्दी हाइड्रो, ग्रीनलाइफ हाइड्रो र खानीखोला हाइड्रो कम्पनी रहेका छन्।

त्यसैगरी सबैभन्दा बढी सेयर मूल्यमा गिरावट आउने कम्पनीमा पञ्चकन्या माइ हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रोपावर र हिमालयन पावर पार्टनर कम्पनी छन्।

Logo